देशभर वर्षा, सतर्कता अपनाउन आग्रह



हाम्रो इकोनोमि

 

आज देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही स्थानमा वर्षाले खतराको संकेतसमेत गरेको छ ।नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जाल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा अत्यधिक वर्षाले खतराको संकेत गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै एसएमएसमार्फत् सूचना पठाइएको छ । पश्चिम राप्तीको जलाधार क्षेत्र प्युठानको लुङ्ग्री र नारायणी नदीको जलाधार क्षेत्र बागलुङको मंगलघाट केन्द्रमा बाढीको स्तर चेतावनीको तहसम्म पुगेको छ । आज बिहान दुई बजे रुपन्देहीस्थित तिनाउ नदी जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको थियो । यसैगरी कपिलवस्तुस्थित कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा पनि बाढी बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले वर्षा गराउने बादल लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा केन्द्रित भएकाले त्यहाँ मध्यमदेखि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भाना रहेको जनाएको छ । आज राति भने गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...