पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त



 

 

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी पुन: नियुक्त भएका छन् । बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले आवेदन दिएका अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशीसँगै तत्कालिन प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह गरी ३ जनाको नाम सिफारिस गरेको थियो । ३ जनाको नाममाथि बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकमा छलफल गरी जोशीलाई नियुक्त गर्ने निर्णय भएको बोर्डका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार जोशीले यसअघि पनि प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् । तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड प्रमुख कार्यकारी अधिकृतबिहीन भएको थियो । त्यसपछि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले २०८० चैत २४ मा प्रमुख कार्यकारी अधिकृतका लागि दर्खास्त आव्हान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको