पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त



हाम्रो इकोनोमि

 

 

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी पुन: नियुक्त भएका छन् । बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले आवेदन दिएका अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशीसँगै तत्कालिन प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह गरी ३ जनाको नाम सिफारिस गरेको थियो । ३ जनाको नाममाथि बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकमा छलफल गरी जोशीलाई नियुक्त गर्ने निर्णय भएको बोर्डका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार जोशीले यसअघि पनि प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् । तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड प्रमुख कार्यकारी अधिकृतबिहीन भएको थियो । त्यसपछि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले २०८० चैत २४ मा प्रमुख कार्यकारी अधिकृतका लागि दर्खास्त आव्हान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...