नेपाली नागरिक जहाँ भएपनि मताधिकार गर्न पाउने वातावरण बनाउन कोशिसमा प्रधानमन्त्री ओली



 

दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् । 

प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए । हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई