१२७ अंक बढ्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...