सहकारी पीडितको प्रदर्शनमाथि लाठी प्रहार



 

 

 

विभिन्न सहकारी संस्थाबाट वचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शनमाथि सरकारले अवरोध गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको हो । लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन् । वचत फिर्ताका लागि सरकारलाई दबाब दिन सिमसिम झरीका बीच प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी हानेको हो । सिंहदरबारतिर आउन नदिएपछि सहकारी पीडितहरु शहीदगेटतर्फ मोडिएका छन् । उनीहरु त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरसम्म पुग्ने तयारीमा छन् । उनीहरूले मेरो छोराछोरी पढ्ने पैसा सहकारी छ, सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्‍यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेरजस्ता नारा लेखेको ब्यानर बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्