३५ वर्षपछि प्रकाश तामाङ्गले पाए नागरिकता



हाम्रो इकोनोमि

 

३५ वर्षपछि प्रकाश तामाङ्गले नागरिकता पाएका छन । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् । भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे । गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९/०२/८१/००३५७ नम्बरको नागरिकता दिएका छन् । नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गरे । उनले हेर्ने कथा र विद्या चापागाईँ साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिएका छन् । मेयर उदासले प्रकाशले चाहे उनको क्षमतारयोग्यताअनुसार नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । उनको आजै बैंक खाता खोल्ने तयारी गरिएको छ , चुमभ्यालीबाट प्रकाशको न्यायपूर्ण बिदाई र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने’ वातावरणको अभियान चलाएका पत्रकार राजेश राईसहितको टोलीले उनलाई भोजपुर लगेको थियो । प्रकाशलाई उनको कुरा सुन्न र सरकारको तर्फबाट केही सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...