३५ वर्षपछि प्रकाश तामाङ्गले पाए नागरिकता



हाम्रो इकोनोमि

 

३५ वर्षपछि प्रकाश तामाङ्गले नागरिकता पाएका छन । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् । भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरे । गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९/०२/८१/००३५७ नम्बरको नागरिकता दिएका छन् । नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गरे । उनले हेर्ने कथा र विद्या चापागाईँ साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिएका छन् । मेयर उदासले प्रकाशले चाहे उनको क्षमतारयोग्यताअनुसार नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । उनको आजै बैंक खाता खोल्ने तयारी गरिएको छ , चुमभ्यालीबाट प्रकाशको न्यायपूर्ण बिदाई र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने’ वातावरणको अभियान चलाएका पत्रकार राजेश राईसहितको टोलीले उनलाई भोजपुर लगेको थियो । प्रकाशलाई उनको कुरा सुन्न र सरकारको तर्फबाट केही सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...