म असत्य बोल्दिनँ, हिंसा गर्दिनँ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै असत्य नबोल्ने दाबी गरेका छन् । सङ्घीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा बोल्दै आफूले अरुको अधिकार र सम्पत्तिमा लोभ नगर्ने बताए । उनले भने, म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ । अराजकता र अशिष्टता नभइ हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्ने बताए । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्ने उनको भनाइ छ । उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...