नेपाल आयल निगम महेन्द्रनगर डिपोका एक कर्मचारीको हत्या



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ । सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको आज विहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेका हुन् । उनको कर्मचारी प्रकाश यादवले हत्या गरेको प्रहरीले जनाएको छ । यादव धनुषाको सबैला नगरपालिका १० छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आज विहान करिब १० बजे वर्माको हत्या भएको जानकारी दिए । हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले बताए । मृतक वर्माको शव अहिले घटनास्थलमै छ । स्रोतका अनुसार सरसफाईको विषयमा वर्मा र यादवबीच हिजो कार्यालयमै विवाद भएको थियो । सोही निहुँमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीले  जनाएकाे  छ । मृतक वर्मा क्लिकमाण्डु डटकमका बरिष्ट उपसम्पादक राजेश वर्माका भाई हुन् । घटनाबारे पत्रकार वर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जागिरको क्रममा सहमति असहमति हुन्छ, तर असहमति हुँदैमा कसैको ज्यान नै लिनु निक्कै ठूलो अपराध हो । आज मेरो आफ्नो भाई यो संसारमा रहेन ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...