माओवादीलाई योगेश भट्टराईले दिए यस्तो जवाफ



 

 

माओवादी केन्द्रबाट संसद र सामाजिक संजालबाट एकैसाथ चरित्रहत्या गर्न थालिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै कडा प्रतिवाद गरेका छन् । भट्टराईले बुधवार प्रतिनिधि सभामा बोल्ने क्रममा माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरु समयमै बन्न नपाएको विषय उठाएपछि माओवादी सांसदहरुले हिंसा शब्द फिर्ता लिन माग गरेका थिए । भट्टराईले भने,’ निर्दोष मान्छेको हत्या,अपहरण तथा सम्पत्ति लुटपाट तथा विद्युत स्टेनशनहरुमा बम हान्नु हिंसा नै थियो भन्दै प्रतिवाद गरेका थिए । त्यसपछि माओवादी सांसदहरुले संसदमा र कार्यकर्ताले सामाजिक संजालबाट योगेशलाई हतियार तस्करलगायतको आरोप लगाइरहेका छन् । माओवादी कार्यकर्ताले भट्टराईको फोटोमा माल्यार्पण गरेर श्रद्धान्जली दिएको टिकटक तथा फेसबुक पोस्टहरु भाइरल बनाइरहेका छन् भने सांसदले संसदमै हतियार तस्करीको आरोप समेत लगाएका छन् । भट्टराईले माओवादीबाट संस्थागत हमला भएपछि प्रतिवाद गर्दै धम्की र मिथ्य आरोपले आफ्नो इमान नडगमगाउने चुनौति दिएका छन् । सामाजिक संजालबाटै जवाफ फर्काउँदै भट्टराईले माओवादीलाई रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौति दिएका छन् ।

 

यस्तो छ भट्टराईको जवाफ

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ