माओवादीलाई योगेश भट्टराईले दिए यस्तो जवाफ



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रबाट संसद र सामाजिक संजालबाट एकैसाथ चरित्रहत्या गर्न थालिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै कडा प्रतिवाद गरेका छन् । भट्टराईले बुधवार प्रतिनिधि सभामा बोल्ने क्रममा माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरु समयमै बन्न नपाएको विषय उठाएपछि माओवादी सांसदहरुले हिंसा शब्द फिर्ता लिन माग गरेका थिए । भट्टराईले भने,’ निर्दोष मान्छेको हत्या,अपहरण तथा सम्पत्ति लुटपाट तथा विद्युत स्टेनशनहरुमा बम हान्नु हिंसा नै थियो भन्दै प्रतिवाद गरेका थिए । त्यसपछि माओवादी सांसदहरुले संसदमा र कार्यकर्ताले सामाजिक संजालबाट योगेशलाई हतियार तस्करलगायतको आरोप लगाइरहेका छन् । माओवादी कार्यकर्ताले भट्टराईको फोटोमा माल्यार्पण गरेर श्रद्धान्जली दिएको टिकटक तथा फेसबुक पोस्टहरु भाइरल बनाइरहेका छन् भने सांसदले संसदमै हतियार तस्करीको आरोप समेत लगाएका छन् । भट्टराईले माओवादीबाट संस्थागत हमला भएपछि प्रतिवाद गर्दै धम्की र मिथ्य आरोपले आफ्नो इमान नडगमगाउने चुनौति दिएका छन् । सामाजिक संजालबाटै जवाफ फर्काउँदै भट्टराईले माओवादीलाई रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौति दिएका छन् ।

 

यस्तो छ भट्टराईको जवाफ

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...