रविको प्रमाण संसदीय छानबिन समितिलाई दिइसके : गगन थापा



 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताको प्रमाण संसदीय छानबिन समितिलाई दिइसकेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोलेका सांसद थापाले प्रमाण खोइ भनेर धेरै प्रश्न आएको स्मरण गरे । उनले प्रतिपश्न गरे, ‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? उनले अगाडि भने, ‘यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला । आफूलाई समितिमाथि पूर्ण विश्वास रहेको महामन्त्री थापाले बताए । ‘बरु रास्वपपाका साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ’ उनले अगाडि भने, ‘बयान हो, बयान । सफाइ होइन । फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसेको छु । तथ्य प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिरहेको छु’ उनले भने । बरु समितिमा रहेका रास्वपाका सदस्यलाई अप्ठ्यारो पर्नसक्ने उनले बताए । ‘किनकी कालोलाई सेतो कसरी भन्नु ? कालोलाई कालै भन्नुपर्ला । अलिअलि मैलो भएपनि कालै भन्नुपर्ने अवस्था आउँछ होला’ महामन्त्री थापाले भने, त्यसैले दिन गनौं, राम्रोसँग गनौं । औला भाँचेर गनौं, लेखेर गनौं । फैसला आउने दिन गनौं ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ