रविको प्रमाण संसदीय छानबिन समितिलाई दिइसके : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताको प्रमाण संसदीय छानबिन समितिलाई दिइसकेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोलेका सांसद थापाले प्रमाण खोइ भनेर धेरै प्रश्न आएको स्मरण गरे । उनले प्रतिपश्न गरे, ‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? उनले अगाडि भने, ‘यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला । आफूलाई समितिमाथि पूर्ण विश्वास रहेको महामन्त्री थापाले बताए । ‘बरु रास्वपपाका साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ’ उनले अगाडि भने, ‘बयान हो, बयान । सफाइ होइन । फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसेको छु । तथ्य प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिरहेको छु’ उनले भने । बरु समितिमा रहेका रास्वपाका सदस्यलाई अप्ठ्यारो पर्नसक्ने उनले बताए । ‘किनकी कालोलाई सेतो कसरी भन्नु ? कालोलाई कालै भन्नुपर्ला । अलिअलि मैलो भएपनि कालै भन्नुपर्ने अवस्था आउँछ होला’ महामन्त्री थापाले भने, त्यसैले दिन गनौं, राम्रोसँग गनौं । औला भाँचेर गनौं, लेखेर गनौं । फैसला आउने दिन गनौं ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...