दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन् । रजत पदक जितेका महिला भलिबल खेलाडीलाई बिहीबार पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भएको खेलबाट दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका हुन् । ‘दशरथ रंगशालाको खेल मैदान धेरै विग्रिएको छ । म २०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु । त्यहाँ जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको खेल मैदान देख्या थिएन । अहिले त हिलै छ,’ उनले भने, ‘अस्ति एउटा खेल हेर्दाखेरि देशकै बेइजत भयो । त्यसकारण देशकै बेइजत हुने खालको स्थिति हुनु हुँदैन । प्रधानमन्त्री ओलीले उक्त रंगशालाको दुरुपयोग नगर्न आग्रह गरे । उनले रंगशाला फुटबलका लागि बनाइएको भन्दै त्यसैका लागि मात्र प्रयोग गर्न निर्देशनसमेत दिए । ‘बढी क्यापासिटी भएको रंगशाला हामीसँग छैन । हामीलाई २०÷२५ हजारको क्यापासिटी भएको मैदान चाहिन्छ । त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै । त्यसको दुरुपयोग भयो । खासगरी यो मैदान स्तरीय खेलका लागि हो । फुटबल खेलका लागि हो । त्यसमै प्रयोग होस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...