गगन-विश्वसँग मिलेन देउवाको कुरा



 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गरेको छलफलमा सहमति नजुटेपछि फेरि बस्नेगरी उठेका छन् । आज बुढानीलकण्ठ वार्ता सरकारात्मक भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनले भने, छलफल सरकारात्मक भएको छ, सहमति उन्मुख भइरहेको छ । तोकिएको समयमा बैठक बस्छ । उनले भोलि या पर्सि फेरि सभापतिले महामन्त्रीद्वयसहित उपसभापतिहरुसँग छलफल गर्ने बताए । महामन्त्री थापाले चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र अर्का महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा विवाद चलिरहेको छ । संस्थापन पक्षले चुनावी गठबन्धन रणनीतिक हुने भएकाले अहिले घोषणा गर्नु नपर्ने र एक्जिट पोलिसीबारे अहिले छलफल आवश्यक नभएको तर्क गर्दै आइरहेको छ । बैठकमा संस्थापन पक्षका नेताहरुले विरोध जनाएपछि सभापति देउवाले महामन्त्रीद्वयको प्रतिवेदनमा मध्यमार्गी बाटो खोजिरहेका छन् । तर, दुवै पक्षले आआफ्नो अडान नछाड्दा सहमति जुट्न सकेको छैन । यसअघि पनि देउवाले यो बिषयमा महामन्त्रीद्वयसँगै उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए । प्रतिवेदनमा छलफल नजुटेपछि केन्द्रीय समितिको बैठक १६ गतेलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे