टानको निर्बाचनमा सापकोटा समूहको पल्लाभारी



हाम्रो इकोनोमि

 

पर्यटन ब्यबसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ (टान)यति बेला निर्बाचनमा होमिएको छ । आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि भदौ १७ गते हुने निर्बाचनमा आफ्नो पक्षलाई बिजयी गराउन पर्यटन ब्यबसायीहरु यतिबेला तीब्र दौडधूपमा छन् । टानको आगामी नेतृत्वका लागि यस पटक दुई समूह चुनावी प्रतिस्पर्धामा छन् । एउटा समूहको नेतृत्व पर्यटन ब्यबसायी राजेन्द्र प्रसाद सापकोटा र अर्को समूहको नेतृत्व सागर पाण्डेले गरेका छन् । सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा,प्रथम उपाध्यक्षमा बिष्णु प्रसाद लम्साल,द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा राजेन्द्र सुवेदीको दावेदारी छ भने पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र कार्की,प्रथम उपाध्यक्षमा दावा लामा (तामाङ),द्वितीय उपाध्यक्षमा निशेष थापा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा प्रतिस्पर्धामा छन् । यी दुई समूहमध्ये यो निर्बाचनमा सापकोटा समूहको पल्लाभारी हुने संकेत देखिएको ब्यबसायीहरुबीच चर्चा चल्ने गरेको छ । एकातिर मुलुकका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध ब्यबसायीहरुबीच चुनावी गठबन्धन हुनु तथा सरकार र व्यबसायीबीचको पुलको काम गर्न सक्ने व्यक्तित्वहरु सापकोटा समूहबाट उम्मेदवार भएका कारण पनि सो समूह निर्बाचित हुने तर्क उनीहरूको छ।पर्यटन क्षेत्रमा देखिएका बग्रेल्ती समस्याहरुको समाधानका लागि पहल र व्यबसायीहरुको हकहितको पक्षमा डटेर मुकाविला गर्न सक्ने भावी नेतृत्व यतिबेला पर्यटन व्यबसायीहरुको रोजाइ हो । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाललाई गतिशील र पर्यटन व्यबसायलाई मर्यादित बनाउनु आफुहरुको मुख्य प्राथमिकता रहने सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहनु भएका सफल पर्यटन व्यबसायी कर्मा शेर्पाको भनाई छ । ‘वैदेशिक रोजगारीका लागि बिदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोक्न रोजगार शृंजना गर्नु अहिलेको प्रमुख आवश्यकता हो।पर्यटन क्षेत्रको बिकास र बिस्तारबाट मात्रै यो सम्भव छ’ वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेर्पाले रहस्य खबरसंग भने-‘त्यसका लागि व्यबसायीहरुको हित हुने गरी नीति निर्माणका लागि प्रभावकारी भूमिका हामी निर्बाह गर्छौ । पर्यटन क्षेत्र २०३५ सालमा बनेको ऐनका भरमा अहिले चलिरहेको र निर्माणको चरणमा रहेको नयाँ ऐनका लागि व्यबसायीहरुलाई एकगठ गरेर त्यसको साझा निष्कर्षलाई त्यसमा समाबेश गर्न पहल गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको शेर्पाको भनाई छ । स्थानीय तहहरुले मोटरबाटोको ट्र्याक ओपन गर्दा जताततै डोजर चलाउँदा कतिपय स्थानमा पुराना पर्यटन पदमार्ग हराएका कारण नयाँ पदमार्गहरुको खोजी,पदमार्गको निर्माण र स्तरोन्नति,टीम्सबाट आम्दानी हुने रकम समेतलाई पर्वतीय पर्यटन श्रमिकहरुको सुबिधा र सामाजिक सुरक्षाको बिषय,पोर्टर सेल्टरहरुको निर्माण तथा अन्तर्राष्ट्रिय पर्बतीय पर्यटन प्रबर्द्धन गर्न टानको सिफारिस र सहभागिता सुनिस्चित गर्ने कुरा आफुहरुको मुख्य प्राथमिकता रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...