काठमाडौंको शंखमूलमा एक पुरूषको हत्या



 

महानगरपालिका-१० शंखमूल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या भएको थियो। उनको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ घर भई काठमाडौं-१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमार छन्। उनलाई प्रहरीले बुधबार बिहान सवा १० बजे डेराको कोठाबाट पक्राउ गरेको एसपी अधिकारीले बताए। एसपी अधिकारीका अनुसार पुरानो रिसइबीका कारणले रडले प्रहार गरी हत्या गरेको उनीमाथि आरोप छ।  ‘उनीहरू नजिकै बस्ने हुन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच व्यक्तिगत रिसइबी देखिएको छ,’ उनले भने, ‘थप अनुसन्धानबाट खुल्छ।’ सोमबार बिहान १:५० बजे साइबाबा पार्कस्थित घरको भुइँ तलामा रूपक अचेत र रगताम्य अवस्थामा फेला परेका थिए। उनले सोही ठाउँमा स्नुकर हाउस सञ्चालन गर्दै आएका थिए। स्नुकर हाउसको सोफामा उनी रगताम्य अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त बानेश्वरबाट प्रहरी खटिएको थियो। उक्त टोलीले रूपकलाई उद्धार गरी नजिकैको सिभिल अस्पतालमा पुर्याएको थियो। अन्दाजी साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको हो। प्रहरीले उनलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखेको छ। प्रहरीले घटनामा प्रयोग भएको रड र मृतकको चेक, चस्मा, व्याग र लुगा पनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह