प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त



 

 

अशोकराज सिग्देल प्रधान सेनापतिमा नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेतापतिमा नियुक्त गरेका हुन् । योसँगै सिग्देल नेपाली सेनाको ४५औं प्रधान सेनापति बनेका छन् । नेपाली सेनाको परम्पराअनुसार प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेर सिग्देललाई बुझबुझारथ गरेका थिए । यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए । उमेर विवादको छानबिनमा परेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सेनापतिको रोलक्रममा सिग्देल आएका हुन् । ३७ वर्षदेखि सैनिक सेवामा कार्यरत् सिग्देल भैरहवाका हुन् । उनले त्रिभुवन विश्वविद्यालय रणनीतिक अध्ययन र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर सकेका छन् । सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको कमाण्ड पनि सम्हालेका थिए । युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियालगायतका देशमा उनी यूएन मिसनमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ