नेकपा एसको महिला उपाध्यक्षमा झाँक्री पराजित



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएको रामकुमारी झाँक्री पराजित हुनुभएको छ । एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष हुनुहुन्थ्यो । नतिजाअनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी हुनुभएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित हुनुभयो । मत परिणामअनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाउनुभयो । पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गएराति सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...