नेकपा एसको महिला उपाध्यक्षमा झाँक्री पराजित



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएको रामकुमारी झाँक्री पराजित हुनुभएको छ । एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष हुनुहुन्थ्यो । नतिजाअनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी हुनुभएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित हुनुभयो । मत परिणामअनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाउनुभयो । पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गएराति सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...