नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित दर्जनौ नेता एमालेमा आउने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेले पार्टी परित्याग गरेका छन् । केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरुको निर्वाचन भइरहेका बेला काठमाडौंका प्रभावशाली अन्य नेताहरुले समेत पार्टीबाट राजीनामा दिएका छन् । नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् । त्यस्तै नेकपा एस परित्याग गर्नेमा बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई,सचिव बिमल लामा,युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा,जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ,भानु रिजाल,केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने,दिपेश थापा,कृष्णहरी खड्का,किर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा,महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् । नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा,चन्द्रागिरी नगर अध्यक्ष प्रदिप रिजाल,काठमाडौं क्षेत्र नम्बर १० (ख)को प्रदेश संयोजक तथा जिक सदस्य राजाराम कार्की जिल्ला कमिटी बैठक बुधबार बोलाइएको र त्यसको पूर्वसन्ध्यामा उपाध्यक्ष सचिवसहितका अन्य धेरै सदस्यको राजीनामा आउने क्रममा रहेको उपाध्यक्ष थापाले बताए । एकीकृत समाजवादी शिक्षक संगठन काठमाडौंका अध्यक्ष इन्द्रप्रसाद सिम्खडाले पनि राजीनामा दिएका छन् । पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको र व्यक्तिवादी चरित्र हावी भएकाले आफूहरुले छलफल गरेरै नेकपा एस छाडेको सचिव न्यौपानेले बताए । उनी साविक नेकपा एमालेमा ४ नम्बर क्षेत्रीय सचिव र जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भएका थिए । न्यौपानेले विज्ञप्ति जारी गर्दै वामपन्थी आन्दोलन मजबुत बनाउन विभाजित नभई एकीकृत कम्युनिष्ट आन्दोलनमा लाग्न आह्वान गर्दै जनताको बहुदलीय जनवादी लाइनमा उभिन आग्रह गरेका छन् । उनीहरु चाँडै एमालेमा समाहित हुने तयारी रहेको बताइएको छ । त्यस्तै बटुकृष्ण थापा कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एसको मेयर उम्मेदवार बनेका थिए । कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मीको निधन भएका कारण सो पदमा मंसिरमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...