मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो । ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए । बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘अनुशासन आयोगले यसअघि नै यथेष्ट प्रमाणहरू बुझाइसक्नुभएको थियो उहाँलाई कारबाही गरियोस् भनेर । तर, पार्टीले उहाँलाई स्पष्टीकरणको मौका दिएका थियौँ । उहाँको स्पष्टीकरणमाथि पनि छलफल गर्‍यौँ । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर कारबाही गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...