यो सरकारले घुस खाँदैन : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन । सरकारले कसैलाई फसा भनेर समेत नभन्ने भन्दै उनले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु अपराधिक क्रियाकलाप भएको समेत बताए । ‘कसैलाई निर्दोषितमा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, उनले भने, ‘यो सरकारले भात-रोटी खान्छ, घुस, पैसा खाँदैन । ओलीले प्रहरीलाई काम गर्न पूर्णस्वन्त्रता रहेको समेत बताए । उनले भने, ‘तर, नाकाम गर्न स्वतन्त्रता हुँदैन, त्यसको फेरि मूल्यांकन हुन्छ ।उनले पुरानो शैलीमा अपराध नियन्त्रण हुन नसक्ने समेत बताएका छन् । अपराध हुनै नदिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उनले भने, ‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनु हुँदैन । उनले घुमुवा प्रहरी राख्ने पुरानै शैलीबाट कुनै उपलब्धि नहुने समेत बताए ।  ‘यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ, स्रोत, साधनले सम्पन्न बनाएर अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ’, ओलीले भने, ‘अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...