नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा



हाम्रो इकोनोमि

 

 

घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा हरायो । नेपालका गोलकिपर जियारेथ शेखले शानदार प्रदर्शन गरे । उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैँले गर्दै गोल गरेक थिए । जियारेथअघि नेपालले सुरुका तीनवटै प्रहारमा गोल गरेको थियो । दोस्रो हाफमा कुशल देउवालाई सब्स्टिच्युट गरिएपछि कप्तानीको जिम्मा गोलकिपर शेखले पाएका थिए । निर्धारित समयको खेल १-१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।  एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो । भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए । उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो । ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे । उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...