सङ्घीयता खारेजीको माग गर्दै जनमोर्चाले आन्दोलन गर्ने



 राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीको उद्देश्य राखेर संघर्षका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ । आम निर्वाचन भएको डेढ वर्ष नपुग्दै केन्द्रमा तीनवटा सरकार र प्रदेशमा २१ जना मुख्यमन्त्री फेरिएका भन्दै राष्ट्रिय जनमोर्चाले यो राजनीतिक अस्थिरताले गणतन्त्रात्मक प्रणालीप्रति नै असन्तोष बढिरहेको बताएको छ । सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचारमा वृद्धि भएको र भ्रष्टाचारीलाई जोगाउन सत्तारुढ दलहरूका बीचमा प्रतिस्पर्धा नै चलेको राष्ट्रिय जनमोर्चाको धारणा छ । त्यस्तै नेपालमा स्थापित धर्मनिरपेक्षतालाई खत्तम गर्ने षड्यन्त्र भइरहेको र सङ्घीयताले साम्प्रदायिक तथा क्षेत्रीय विद्वेष फैलाउने खतरा बढेको पनि राजमोले उल्लेख गरेको छ । यी विषयमा जनचेतना जगाएर आन्दोलनलाई सुदृढ गर्नुपर्ने आवश्यकता भएकाले राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम गर्न लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्