सङ्घीयता खारेजीको माग गर्दै जनमोर्चाले आन्दोलन गर्ने



हाम्रो इकोनोमि

 राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीको उद्देश्य राखेर संघर्षका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ । आम निर्वाचन भएको डेढ वर्ष नपुग्दै केन्द्रमा तीनवटा सरकार र प्रदेशमा २१ जना मुख्यमन्त्री फेरिएका भन्दै राष्ट्रिय जनमोर्चाले यो राजनीतिक अस्थिरताले गणतन्त्रात्मक प्रणालीप्रति नै असन्तोष बढिरहेको बताएको छ । सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचारमा वृद्धि भएको र भ्रष्टाचारीलाई जोगाउन सत्तारुढ दलहरूका बीचमा प्रतिस्पर्धा नै चलेको राष्ट्रिय जनमोर्चाको धारणा छ । त्यस्तै नेपालमा स्थापित धर्मनिरपेक्षतालाई खत्तम गर्ने षड्यन्त्र भइरहेको र सङ्घीयताले साम्प्रदायिक तथा क्षेत्रीय विद्वेष फैलाउने खतरा बढेको पनि राजमोले उल्लेख गरेको छ । यी विषयमा जनचेतना जगाएर आन्दोलनलाई सुदृढ गर्नुपर्ने आवश्यकता भएकाले राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम गर्न लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...