महोत्तरीको रामगोपालपुर-२ का वडाध्यक्ष मृत फेला



हाम्रो इकोनोमि

 

 

महोत्तरीमा एक जना वडाध्यक्ष मृत फेला परेका छन् । रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आज बिहान उनी मृत फेला परेका हुन् । यादव मृत फेला परेको छेउमा लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । डिएसपी जयसवारका अनुसार मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिन्छ । तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...