रामेछापको शैलुङ्ग पहिरो : मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता



 

 

रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र  उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् । गएरातिको पहिरोले शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।

प्रतिक्रिया दिनुहोस
आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको