रामेछापमा पहिरो, २ जनाको मृत्यु , ११ वेपत्ता



 

 

रामेछापको दोरम्बा शैलुङमा पहिरोले ठूलो क्षति गरेको छ । शनिवार ४ बजेदेखिको निरन्तरको वर्षाले त्यहाँ पहिरो जाँदा २ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा बाल विकासमा पढाउने शिक्षिका र उनको छोरा भएको पालिकाका सूचना अधिकारी भोला पाठकले बताए । यस्तै ११ जना बेपत्ता भएको आशङ्का गरिएको छ । पालिकाको वडा नम्बर ३ लेखर्कवस्तीमा पहिरो गएको हो । पहिरोमा ४ वटा घर बगाएको छ । यस्तै एउटा पक्की पुल पनि बगाएको छ । उनले भने, ‘पहिरोले ठूलो क्षति गरेको छ । ४ वटा घर र एउटा पुलको नाम निशाना नै छैन । ठूलो पहिरोले उद्धारमा पनि कठिनाइ भइरहेको छ । अहिले स्थानीय र नेपाल प्रहरीले उद्धारको प्रयास जारी राखेको छ । घटनास्थल पालिका केन्द्रबाट २ किलोमिटरको दुरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको