रामेछापमा पहिरो, २ जनाको मृत्यु , ११ वेपत्ता



हाम्रो इकोनोमि

 

 

रामेछापको दोरम्बा शैलुङमा पहिरोले ठूलो क्षति गरेको छ । शनिवार ४ बजेदेखिको निरन्तरको वर्षाले त्यहाँ पहिरो जाँदा २ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा बाल विकासमा पढाउने शिक्षिका र उनको छोरा भएको पालिकाका सूचना अधिकारी भोला पाठकले बताए । यस्तै ११ जना बेपत्ता भएको आशङ्का गरिएको छ । पालिकाको वडा नम्बर ३ लेखर्कवस्तीमा पहिरो गएको हो । पहिरोमा ४ वटा घर बगाएको छ । यस्तै एउटा पक्की पुल पनि बगाएको छ । उनले भने, ‘पहिरोले ठूलो क्षति गरेको छ । ४ वटा घर र एउटा पुलको नाम निशाना नै छैन । ठूलो पहिरोले उद्धारमा पनि कठिनाइ भइरहेको छ । अहिले स्थानीय र नेपाल प्रहरीले उद्धारको प्रयास जारी राखेको छ । घटनास्थल पालिका केन्द्रबाट २ किलोमिटरको दुरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...