तनहुँ बस दुर्घटना, मृत्यु हुनेको संख्या २७ पुग्यो



हाम्रो इकोनोमि

 

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयो भने बाँकी सबैको मृत्यु भयो तनहुँका सीडीओ गौतमले भने  सुरुमा १४ जनाको मृत्यु भएको र पछि १३ जना गरी २७ जनाको मृत्यु भएको हो । मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ भने दुर्घटना  र अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ । तनहुँका सीडीओ गौतमका अनुसार बाँकी प्रक्रियाकाबारे टुंगो लागिसकेको छैन । भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...