गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रविसंग संसदीय समितिको बयान



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अहिले बयान लिइरहेको छ । शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो । समितिले लामिछानेलाई बयानका लागि दर्जनौं प्रश्न तयार पारेको छ । समितिले लिने बयानको पहिलो नम्बरमा आफ्ना नामसहित तीन पुस्ता र परिवारका सदस्यहरुको विवरण, परिवारका कोको सदस्य छन् ? तपाईंको शारिरीक अवस्था कस्तो छ ? सोधिएको प्रश्नको उत्तर दिन सक्नुहुन्छ ? लगायतका प्रश्न समेटिएका छन् । समितिले तयार पारेको १६ नम्बरको प्रश्नमा सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाख ऋण खडा गरी गोरखा मिडिया नेटवर्कको नाममा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ ? भन्ने प्रश्न सोधिएको छ । यसअघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको थियो। गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अझै फरार छन् । उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...