रवि लामिछाने ठग हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने जवाफ फर्काएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ फर्काउँदै ढकालले सभापति लामिछाने माथि प्रतिप्रश्न गरेका छन् । ‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ ढकालले रास्वपालाई पठाएको पत्रमा उल्लेख छ । लामिछाने सहकारी ठगी, राहदानी दुरुपयोग र किर्तेमा संलग्न रहेको आरोप ढकालले लगाएका छन् । सभापति लामिछाने गरेको ‘कुकर्म’को पर्दाफास गर्नु पार्टीको संस्थापक महामन्त्रीको हैसियतले कर्तव्य भएको ढकालले पत्रमा लेखेका छन् । लोकतान्त्रिका विधिले प्रश्न उठाउँदा कारबाही गर्ने कार्यले भविष्यमा बोल्ने हिम्मत कसैले गर्न नसक्ने अवस्था बनेको उनले लेखेका छन् । ‘आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्,’ सभापति लामिछानेलाई लक्षित गर्दै ढकालले पत्रमा लेखेका छन्, ‘पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईँ लाग्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...