जीबी राई र रविका साझेदार पूर्वडीआईजीलाई बयानका लागि बोलाइयो



 

 

 सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेसँग पनि बयान लिने भएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि समितिले दुवैलाई बोलाएको छ । छविलाल जीबी राईका व्यापारिक साझेदारसमेत हुन् । जोशीलाई गोरखा मिडिया नेटवर्कको सञ्चालककका हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । उनलाई समितिले भोलि बिहान ११ बजे बयानका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्कमा जीबी राई, रवि लामिछाने र छविलाल जोशी सञ्चालक थिए ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा