टीआरसी विधेयक सच्याउन माग राख्दै प्रदर्शन



हाम्रो इकोनोमि

 

 

संक्रमणकालीन न्याया सम्बन्धी विधेयक अहिले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको छ । राष्ट्रियसभाबाट पारित भएपछि विधेयक राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि जानेछ । टीआरसी संशोधन विधेयक सच्याउन माग राख्दै डेढ दर्जनबढी संघसंस्थाहरुले अपिल गरेका छन् । दण्डहीनताविरुद्ध द्वन्द्वपीडितहरुको शान्तिपूर्ण ध्यानाकर्षण कार्यक्रम गर्दै १९ वटा संघ संस्थाहरुले यस्तो अपिल गरेका हुन् । नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका उनीहरुले पीडकलाई उन्मुक्ति दिने प्रावधानहरु संशोधन गर, पीडितको आवाजलाई बेवास्ता गर्ने कार्य रोक, संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर, संक्रमणकालीन न्यायसम्बन्धी ऐन सर्वोच्च अदालतको फैसलाहरु अनुसरुप संशोधन गर, अन्तर्राष्ट्रिय मापदण्डहरु अनुरुप संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर, दण्डहीनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए । 

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...