टीआरसी विधेयक सच्याउन माग राख्दै प्रदर्शन



 

 

संक्रमणकालीन न्याया सम्बन्धी विधेयक अहिले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको छ । राष्ट्रियसभाबाट पारित भएपछि विधेयक राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि जानेछ । टीआरसी संशोधन विधेयक सच्याउन माग राख्दै डेढ दर्जनबढी संघसंस्थाहरुले अपिल गरेका छन् । दण्डहीनताविरुद्ध द्वन्द्वपीडितहरुको शान्तिपूर्ण ध्यानाकर्षण कार्यक्रम गर्दै १९ वटा संघ संस्थाहरुले यस्तो अपिल गरेका हुन् । नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका उनीहरुले पीडकलाई उन्मुक्ति दिने प्रावधानहरु संशोधन गर, पीडितको आवाजलाई बेवास्ता गर्ने कार्य रोक, संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर, संक्रमणकालीन न्यायसम्बन्धी ऐन सर्वोच्च अदालतको फैसलाहरु अनुसरुप संशोधन गर, अन्तर्राष्ट्रिय मापदण्डहरु अनुरुप संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर, दण्डहीनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए । 

प्रतिक्रिया दिनुहोस
साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्

रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री