कैलालीमा भीषण वर्षा, ५ सय बढी घर डुबानमा



 

 

कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ । भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीका अनुसार अहिलेसम्म कैलालीमा ५ सय बाढी घर डुबानमा परेका छन् भने १७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् । भजनीमा ४ सय बढी घर डुबानमा परेको उनले जानकारी दिए । हसुलिया गौरीगङ्गा सुखडमा डुबान भएको छ । कैलारीका केही परिवार वडा कार्यालयमा पसेका छन् । कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई पानीले बगाएको थियो । उनको उद्धार पछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अहिले पनि कैलालीमा साना ठुला नदीमा पानीको बहाव बढिरहेको छ भने निरन्तर वर्षा भइरहेको छ । बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक