माओवादीका दुई जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश



 

 

नेकपा माओवादी केन्द्र सिन्धुलीका दुई जना नेताहरू एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र जिल्ला कमिटी सदस्य नरबहादुर राजन र फडिन्द्रबहादुर ठकुरी बुधबार एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले उनीहरूलाई पार्टीमा स्वागत गर्नु भएको हो । नेकपा एमाले सिन्धुलीका मनोनीत जिल्ला कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उहाँहरू एमालेमा समाहित भएका हुन् । कार्यक्रममा नेकपा एमाले सिन्धुलीका इञ्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्य गणेश पहाडी, कमलजंग राई, सुवास देवकोटा, उमा कोइराला, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठलगायत थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको