पहिरोले नागढुंगा-काठमाडौं सडक अवरुद्ध



हाम्रो इकोनोमि

 

 

काठमाडौंको मुख्य नाका नागढुंगा नजिक पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ । बेला–बेला पहिरो झर्ने क्रम जारी छ । त्यसैले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग बन्द भएकाले यात्रुहरु मर्कामा परेका छन् । कतिपयले वैकल्पिक मार्गको रुपमा खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...