नेकपा एसका ६७ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) झापाका ६७ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा निर्वाचन क्षेत्र न. ५ बाट ६७ जना नेताकार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो । मेची बहुउद्धेश्यीय सहकारी संस्था दमकको सभाहलमा आज पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणी भण्डारी सहितका जिल्ला,नगर,पालिका र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एमालेमा समाहित हुनुभएको हो । एकीकृत समाजवादी पार्टी छोडेर घर फर्किएकाहरुलाई एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली र केन्द्रीय सदस्य दिपक कार्की लगायतले खदा लगाएर स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...