नेकपा एसका ६७ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) झापाका ६७ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा निर्वाचन क्षेत्र न. ५ बाट ६७ जना नेताकार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो । मेची बहुउद्धेश्यीय सहकारी संस्था दमकको सभाहलमा आज पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणी भण्डारी सहितका जिल्ला,नगर,पालिका र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एमालेमा समाहित हुनुभएको हो । एकीकृत समाजवादी पार्टी छोडेर घर फर्किएकाहरुलाई एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली र केन्द्रीय सदस्य दिपक कार्की लगायतले खदा लगाएर स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...