विकासोन्मुख देशमा स्तरोन्नतिपछिको संक्रमणकालीन रणनीति बनाउँदै छौं : अर्थमन्त्री



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री विष्णु पौडेलले विकासोन्मुख देशमा स्तरोन्नतिपछिको आवश्यक संक्रमणकालीन रणनीति बनाउन केन्द्रित रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा भएको विकासका लागि वित्त विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले अल्पविकसित देशको सूचीबाट सन् २०२६ मा विकासोन्मुख देशको सूचीमा स्तरोन्नति हुँदै गरेको र त्यससँगै नेपालले अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता लगायतमा हाल पाउँदै आएको सहुलियत कटौती हुने उनले बताएका हुन‍् । अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता लगायतमा कटौती भएसँगै त्यसले पर्न सक्ने प्रभावका लागि संक्रमणकालीन नीति बनाउन लागिएको अर्थमन्त्री पौडेलले बताए । उनले विकासोन्मुख देशमा वित्त ठूलो चुनौती बन्द‌ै गएको पनि बताए ।न्यून आन्तरिक राजस्व परिचालन, बढ्दो सार्वजनिक ऋण र राजस्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा खर्च गर्नुपर्ने अवस्थामा कारण दिगो विकास लक्ष्य हासिल टाढा धकेलिने चुनौती रहेको उनको भनाइ छ । विकास सहायताको घट्दो प्रवृत्ति, आन्तरिक स्रोतको ‘ग्याप’ जस्ता कारण वित्तको नवीन विकल्प प्रयोग गर्नुपर्ने देखिएको उनले बताए। नेपालमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा राजस्व राम्रो देखिए पनि यसलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको उनले बताए । नेपालको विकास प्रयासमा स्वदेशी पूँजी र प्रविधि मात्रै पर्याप्त छैन । सरकारले विदेशी पूँजी प्रविधि ल्याउन आवश्यक नीति बनाइरहेको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘विकासोन्मुख देशमा स्तरोन्नतिपछिको आवश्यक लगानी वृद्धिका लागि सार्वभौम क्रेडिट रेटिङ गर्ने प्रकियामा हामी छौं ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...