सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको दुर्घटना मृत्यु



हाम्रो इकोनोमि

 

 

 हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटना परी मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिकामा दुर्घटना हुँदा उपाध्यक्ष कार्कीको मृत्यु भएको हो । ३९ वर्षीया उपाध्यक्ष कार्कीको टाउको र छातीमा गम्भीर चोट लागेकाले दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा राति १ बजेर ४५ मिनेटमा उनको निधन भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उपाध्यक्ष कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएका थिए  । उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान्‌ हुन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...