सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको दुर्घटना मृत्यु



हाम्रो इकोनोमि

 

 

 हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटना परी मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिकामा दुर्घटना हुँदा उपाध्यक्ष कार्कीको मृत्यु भएको हो । ३९ वर्षीया उपाध्यक्ष कार्कीको टाउको र छातीमा गम्भीर चोट लागेकाले दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा राति १ बजेर ४५ मिनेटमा उनको निधन भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उपाध्यक्ष कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएका थिए  । उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान्‌ हुन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...