परराष्ट्रमन्त्री आरजू राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । मोदीसँग भेट भएकोबारे राणाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । भेटका क्रममा उनीहरुबीच नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताबारे छलफल भएको राणाले बताएकी छन् । आफ्नो परराष्ट्रमन्त्रीका रुपमा भएको भ्रमण र भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने राणाले अपेक्षा गरेको उल्लेख गरेकी छन् । ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग  नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु’, राणाले लेखेकी छन् । राणाले यसअघि भारतीय विदेशमन्त्री एस. जय शंकरसँग पनि भेट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...