एकै महिनामा शेयर बजारबाट उठ्यो सवा ४ अर्ब राजस्व



हाम्रो इकोनोमि

 

 

सत्ता समीकरण बदलिएसँगै शेयर बजारको अंक समीकरण बदलिएको छ । जसका कारण लगानीकर्तालाई मात्र होइन सरकारलाई पनि फाइदा भएको छ । नेप्सेको अंक मात्रै बढेको छैन, बजारमा कारोबार पनि बढेको छ । अहिले दैनिक जसो २३, २४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भइरहेको छ । अहिलेसम्मकै उच्च कारोबार भनेको पौने ३० अर्ब रुपैयाँसम्म हो । शेयर बजारबाट गत एक आर्थिक वर्षभरिमा पनि उठ्न नसकेको राजस्व एकै महिनामा उठेको छ । अर्थमन्त्री विष्णु पौडेलले असार ३१ गते अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेसँगै बजार अघि बढिरहेको छ ।  सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साउन महिनामा मात्र लगानीकर्ताले सरकारलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार ८०२ रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । यस अघि नेप्से उच्च बिन्दुमा रहँदा शेयर बजारमा मासिक औसत दैनिक कारोबार १२ अर्ब रुपैयाँ पुगेको थियो । अहिले दैनिक औसत २० अर्बको हाराहारीमा कारोबार भइरहेको छ । शेयर कारोबारमा लगानीकर्ताले नाफा कमाउँदा सरकारलाई निश्चित प्रतिशत रकम पुँजीगत लाभकर शीर्षक अन्तर्गत तिर्नुपर्छ । एक वर्षभन्दा कम अवधिका (अल्पकालीन) अर्थात् शेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि शेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...