भ्रष्टाचार नियन्त्रणका लागि सरकार बनेको प्रधानमन्त्री ओलीको दाबी



 

 प्रधानमन्त्री केपी शर्मा ओलीले  यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ । आज एमालेनिकट खेलकुद विभागको कार्यक्रममा बोल्दै ओलीले यस्तो दावी गरेका हुन् । सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने उनले बताए । ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्नका लागि होइन । भ्रष्टाचार खोजबिन र कारबाही गर्ने हो । भ्रष्टाचारमा यो सरकारले शून्य सहनशीलता राख्छ । त्यो कुरा समयक्रममा व्यवहारमा देखिँदै जान्छ । सरकारले आग्रहवस कसैलाई फसाउने र कसैलाई जोगाउने कुरा सोच्न पनि नसक्ने ओलीले बताए । उनले थपे, ‘न्याय र कानून सबैका लागि हो । अनुहार र मान्छेको मुख हेरेर कुनै पनि व्यवहार गरिँदैन । कानूनले व्यवहार गर्छ । हामी एउटा सुशासनयुक्त, समृद्ध आधुनिक, सुखी र आनन्दको नेपाल बनाउन चाहन्छौं । उनले लोकतन्त्र अनियन्त्रित नहुने बताए । सनकको भरमा चल्ने प्रवृत्तिले कहीँ नपुर्याउने उनको टिप्पणी छ । लोकतन्त्र एउटा अनुशासिन समाज हो । आज कुनै योगदान नभएकाहरुको दुई चार वर्ष सामाजिक सञ्जालमा तारिफको पुल बनाएर महान बनाउन खोज्ने तथा देश देशका लागि काम गरेकालाई बदनाम गराएर हुर्मत लिन खोज्ने संगठित प्रयासलाई हामीले बुझ्नुपर्छ, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्

रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री