युवालाई खकुरी हान्ने वडाध्यक्ष ज्ञानेन्द्र पक्राउ



हाम्रो इकोनोमि

 

 बाँकेको राप्ती सोनारी गाउँपालिकाका-२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् ।बाकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा एमालेबाट निर्वाचित वडाध्यक्ष वली पक्राउ परेका हुन् । बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की अनुसार घाइतेलाई उपचारकालागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर छ । सामान्य विवादमा वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । वडा अध्यक्ष वली गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...