टानको निर्वाचन, राजेन्द्रप्रसाद सापकोटाको प्यानल घोषणा



हाम्रो इकोनोमि

 

 

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि व्यवसायी राजेन्द्रप्रसाद सापकोटा प्यानलले घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा शनिबार एक कार्यक्रममा उम्मेदवारसहित प्यानलले घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा पदमार्गहरूको संरक्षण र विकासलाई केन्द्रमा राखिएको सापकोटाले बताए । पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि हाल कायम रहेका पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई राष्ट्रिय महत्वको प्राथमिकतामा राख्ने घोषणापत्रमा उल्लेख छ । पदयात्रा पर्यटनलाई माध्यमिक शिक्षादेखि नै अध्ययनको विषय बनाउने, स्वदेशमै रोजगारीको अवसर बढाउने, पदयात्रासम्बन्धी अनुमतिपत्रहरूमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता गर्न, अब लागू नगर्न सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ । टिम्स कार्डबाट भएको आम्दानीलाई पर्वतीय पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा, पदमार्गहरूको स्तरोन्नति र पोर्टर सेल्टरहरूको निर्माणमा खर्च गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ ।

यी हुन् उम्मेदवार

राजेन्द्र प्रसाद सापकोटा : अध्यक्ष
कर्मा शेर्पा : वरिष्ठ उपाध्यक्ष
विष्णुप्रसाद लम्साल : प्रथम उपाध्यक्ष
सनम शेर्पा : द्वितीय उपाध्यक्ष
राजेन्द्रप्रसाद सुवेदी : महासचिव
रिन्जी जाङबु शेर्पा : सचिव
गौतमराज वाग्ले : कोषाध्यक्ष
लाक्पा टेम्बा शेर्पा : सहसचिव
सागर राई ( कार्यसमिति सदस्य
सुमन अर्याल : कार्यसमिति सदस्य
राजु गुरुङ : कार्यसमिति सदस्य
दिनेश तिम्सिना : कार्यसमिति सदस्य
विश्व दाहाल : कार्यसमिति सदस्य
भुवनबहादुर खड्का : कार्यसमिति सदस्य
दावा ग्याल्त्सेन लामा : कार्यसमिति सदस्य
छ्याप्ते लामा : कार्यसमिति सदस्य
पवित्रा तामाङ : महिला कार्यसमिति सदस्य

 

 

 

 

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...