हेटौंडा उपमहानगरका व्यवसायी आन्दोलनमा



हाम्रो इकोनोमि

 

 

कर वृद्धिको विरोधमा हेटौंडा उपमहानगरका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको आन्दोलनलाई साथ दिँदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् ।व्यवसायीहरूले व्यवसायिक सटरको साँचो उपमहानगरपालिकालाई बुझाउने तयारी गरेका छन् ।व्यवसायीहरूले प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएको छ । कार्यालयको मूल गेटमा प्रहरीले छेकबार लगाउन खोजे पनि व्यवसायीहरू प्रहरीलाई धकलेर परिसरभित्र प्रवेश गरेका छन् । कार्यालय परिसरबाटै व्यवसायीहरूले नाराबाजी गरिरहेका छन् । संघका उपाध्यक्ष उज्वल चाैलागाईंले व्यवसायीलाइ उत्तेजित बनाउन प्रहरी परिचालन गरिएको भन्दै जस्तोसुकै घेरा तोड्ने चेतावनी दिए । उनले बन्द सटरको साँचो बुझिलिन उपमहानगर नेतृत्वलाई आग्रह गरे । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघसहित जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...