प्रचण्ड-माधवबीच पार्टी एकताबारे छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा दुई पार्टीबीच एकता गरेर जाने विषयमा छलफल भएको हो । प्रचण्ड र नेपालबीचको यो साता दोस्रो भेट हो । यसअघि सोमबार प्रचण्ड नेपाल निवासमै पुगेर भेट गरेका थिए। स्रोतका अनुसार प्रचण्डसँग आजको भेटपछि अध्यक्ष नेपाल माओवादीसँग एकताको लागि सकारात्मक भएको माधव नेपाल निकट स्रोतले बतायो । तर, नेकपा एसमा माओवादीसँग एकता गर्ने विषयमा ठूलो मतान्तर छ । एमालेसँग एकताको लागि मूल नेतृत्व नै अनुदार भएकाले तत्काल सम्भव नभएको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘हाम्रो प्राथमिकता एमालेसँगकै एकता थियो । तर, नेतृत्वको कारणले त्यो सम्भव देखिएन । नेकपा एसलाई विघटन गर्न र सिध्याउनतिर ओली लागेपछि माओवादीसँग एकता गर्न नेताहरु तयार भएका छन् । एकतापछि पार्टीको नाम समाजवादी कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी राख्नदेखि चुनाव चिन्ह कलम नै राख्न पनि प्रचण्ड तयार भएको स्रोतले दाबी गर्‍यो । भोलि पार्टीलाई प्रधानमन्त्रीको अवसर आउँदा माधव नेपाललाई बनाउने गरी संसदीय दलको नेता पनि स्वीकार्न प्रचण्ड तयार भएका छन् । समाजवादी मोर्चामा रहेका विप्लव र महेन्द्रराय यादव पक्षलाई समेट्नेबारेमा छलफल टुंगिसकेको छैन । माओवादीसँग मिल्दा ठूला पंक्ति एमालेमा फर्किने डर भएकाले त्यसलाई भविष्यमा एमालेसँगको एकता गर्नेगरी नै अरु कम्युनिष्टहरु मिल्ने भन्ने ढंगले आह्वान गर्ने सहमति भएको छ । त्यही ढंगबाट वार्ता सकारात्मक भएको छ । 

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...