प्रचण्ड-माधवबीच पार्टी एकताबारे छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा दुई पार्टीबीच एकता गरेर जाने विषयमा छलफल भएको हो । प्रचण्ड र नेपालबीचको यो साता दोस्रो भेट हो । यसअघि सोमबार प्रचण्ड नेपाल निवासमै पुगेर भेट गरेका थिए। स्रोतका अनुसार प्रचण्डसँग आजको भेटपछि अध्यक्ष नेपाल माओवादीसँग एकताको लागि सकारात्मक भएको माधव नेपाल निकट स्रोतले बतायो । तर, नेकपा एसमा माओवादीसँग एकता गर्ने विषयमा ठूलो मतान्तर छ । एमालेसँग एकताको लागि मूल नेतृत्व नै अनुदार भएकाले तत्काल सम्भव नभएको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘हाम्रो प्राथमिकता एमालेसँगकै एकता थियो । तर, नेतृत्वको कारणले त्यो सम्भव देखिएन । नेकपा एसलाई विघटन गर्न र सिध्याउनतिर ओली लागेपछि माओवादीसँग एकता गर्न नेताहरु तयार भएका छन् । एकतापछि पार्टीको नाम समाजवादी कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी राख्नदेखि चुनाव चिन्ह कलम नै राख्न पनि प्रचण्ड तयार भएको स्रोतले दाबी गर्‍यो । भोलि पार्टीलाई प्रधानमन्त्रीको अवसर आउँदा माधव नेपाललाई बनाउने गरी संसदीय दलको नेता पनि स्वीकार्न प्रचण्ड तयार भएका छन् । समाजवादी मोर्चामा रहेका विप्लव र महेन्द्रराय यादव पक्षलाई समेट्नेबारेमा छलफल टुंगिसकेको छैन । माओवादीसँग मिल्दा ठूला पंक्ति एमालेमा फर्किने डर भएकाले त्यसलाई भविष्यमा एमालेसँगको एकता गर्नेगरी नै अरु कम्युनिष्टहरु मिल्ने भन्ने ढंगले आह्वान गर्ने सहमति भएको छ । त्यही ढंगबाट वार्ता सकारात्मक भएको छ । 

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...